सर्लाही, भदौ ६ । प्रदेश नम्बर–२ सरकारको आयोजनामा महोत्तरीको लक्ष्मीनियाँमा हरित प्रदेश अभियानको सुरुआत भएको छ ।
प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले सागरनाथ वनमा बिरुवा रोपेर अभियानको शुभारम्भ गरे ।
उनले चुरे संरक्षणबिना तराई मरुभूमिमा परिणत हुने भन्दै यसको संरक्षण गर्न प्रदेश सरकार लागिपरेको बताए ।
उनले स्थानीय प्रशासनकोसमेत संलग्नतामा वन फडानी भइरहेको भन्दै अब यस्तो भएको देखिए प्रदेश सरकारले नछोड्ने चेतावनी दिए ।
उनले प्रदेशलाई हराभरा र सम्पन बनाउन हरित प्रदेश अभियानको सुरुआत गरेको बताए ।
प्रदेशभित्र लाखौं बिरुवा रोपिने उनको भनाइ छ ।
शुक्रबारै लक्ष्मीनियाँमा ३० हजार बिरुवा रोपिएको छ । वृक्षरोपण कार्यक्रममा प्रदेश सरकारका सबै मन्त्रिहरु उपस्थित थिए ।




प्रतिक्रिया दिनुहोस्