२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


थप २५९ जना संक्रमित, ५ जनाको मृत्यु


0
Shares

काठमाडौं, पुस २६ । नेपालमा पछिल्लो २४ घण्टामा २५९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५९ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ३३९९ जनाको पिसिआर परीक्षण भएको छ ।

योसँगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५१३ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५८ हजार ४ सय ४१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जना संक्रमितको मृत्यु भएको छ ।

योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १९१७ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ९९, ललितपुरमा १८ र भक्तपुरमा ९ जना कोरोना संक्रमित थपिएका छन् ।