
काठमाडौं, पुस २५ । इरानको इस्लामिक क्रान्तिकारी गार्ड कोर (आईआरजीसी) ले भूमिगत मिसाइल बेसको सुरुवात गरेको छ ।
अमेरिकासँग इरानको तनाव जारी रहेका बेला आईआरजीसीले पर्सिया खाडी किनारामा भूमिगत मिसाइल केन्द्रको अनावरण गरेको हो ।
राष्ट्रिय टेलिभिजनमा प्रशारण गरेका दृष्यहरुअनुसार आईआरजीसीका उच्चस्तरिय कमाण्डरहरु सो कार्यक्रममा सहभागी भएका थिए ।
सो केन्द्रमा शक्तिशाली आणविक हतियारहरुको पनि प्रदर्शन गरीएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
गत साता आईआरजीसीसँग भएको तनावपछि मध्यपूर्वमा अमेरिकी सेनाले आधुनिक हतियारसहित सुरक्षा दस्ता बढाएको छ ।
गत हप्ता अमेरिकाले इरानमाथि धम्की दिएको भन्दै आफ्नो शक्ति प्रदर्शन गरेको आईआरजीसीले जनाएको छ ।
गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा इरानका शीर्ष आणविक वैज्ञानिक कासेम सोलेमानीको हत्या भएको थियो ।
सोलेमानीको वार्षिक पुण्य तिथिमा भएको कार्यक्रममा इरानी अधिकारीहरुले हत्याको बदला लिने चेतावनी दिएका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्