२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


एभीसी सेन्ट्रल जोन भलिबलमा नेपाल समूह चरणबाटै बाहिरियो


0
Shares

काठमाडौं, भदौ ४ । नेपाल एभीसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।

समूह ‘ए’मा रहेको नेपाल लगातार दुई खेलमा पराजय व्यहोर्दैै समूह चरणबाटै बाहिरिएको हो ।

पहिलो खेलमा कीर्गिस्तानसित ३–० ले पराजित भएको नेपाल दोस्रो खेलमा बुधबार माल्दिभ्ससित पनि ३–० ले नै पराजित भयो ।

लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा भएको खेलमा नेपाल २५–२२, २५–२१ र २५–१४ को सोझो सेटमा पराजित भएको हो ।

यो समूहबाट दुवै टोलीलाई हराएको कीर्गिस्तान समूह विजेता बन्दै तथा माल्दिभ्स उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

सात राष्ट्र सम्मिलित प्रतियोगितामा नेपालले अब पाँचौं स्थानका लागि शुक्रबार अर्को समूहको तेस्रो स्थानको टोलीसित खेल्नेछ ।

उज्वेकिस्तान समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।