Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


नेपाल आयोजक भारतसित ५–० ले पराजित


0
Shares

काठमाडौं, भदौ ४ । १५ वर्षमुनिको साफ फुटबल च्याम्पियनसिपमा नेपालले खराब सुरुआत गरेको छ ।

भारतको कल्याणीमा बुधबारदेखि सुरु भएको प्रतियोगिताको पाँचौं संस्करणमा नेपाल पहिलो खेलमा आयोजक भारतसित ५–० को फराकिलो अन्तरले पराजित भएको हो ।

भारतका लागि महेसनले दुई तथा अनिश मजुमदार, टाइसन सिंह र सिद्धार्थले एक/एक गोल गरे ।

नेपालले दोस्रो खेलमा शुक्रबार श्रीलंकासित खेल्नेछ । त्यसैगरी, भदौ १० गते बंगलादेशसित र भदौ १२ गते भुटानसित खेल्ने तालिका छ ।

पाँच राष्ट्र सहभागी साफमा शीर्ष दुई टोली उपाधिका लागि फाइनलमा भिड्नेछन् ।