
चितवन, भदौ ३ । चितवन जिल्ला अदालतले सन्चारकर्मी रवि लामिछानेसहित तीनजनालाई अनुसन्धानका लागि थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
मंगलबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजालसले फेरि पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका तीनैजनालाई १० दिन थुनामा राख्न प्रहरीले माग गरेको थियो ।
जिल्ला अदालतमा मंगलबार भएको बहसपछि अदालतले पाँच दिनको म्याद दिएको हो ।
सरकारका तर्फबाट येदुनाथ शर्माले बहस गरेका थिए भने लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्कीका पक्षमा वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, सुनीलकुमार पोखरेल, चुडामणि सापकोटा र नारायण गिरीले बहस गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्