५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


श्रीमती र छोरा जलाउने पक्राउ


0
Shares

धादिङ, भदौ ३ । धादिङको सिद्धलेक गाउँपालिका–१ का २५ वर्षीय गणेश लम्साललाई श्रीमती र छोरालाई आगो लगाइ जलाएर मार्न खोजेको आरोपमा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

लम्सालले सोमबार राति धन्सारभित्र थुनेर २४ वर्षीया श्रीमती विमला दराई लम्साल र १५ महिनाको छोरा जेनिसलाई तारपिन तेल खन्याएर आगो लगाइ ज्यान मार्न खोजेपछि घाइतेलाई गाउँवासीले उद्धार गरेका थिए ।

रक्सी सेवन गरेर आएका गणेशले झगडा गरी श्रीमती र नाबालक छोरालाई मार्ने नियतले आगो लगाएका थिए ।

आफूले बच्चा बोकेर प्रतिकार गर्न नसकेपछि झ्याल खोलेर भागेपछि बाँच्न सफल भएको घाइते विमलाले बताइन् ।

विमलाको घाँटी, अनुहार, देब्रे हात, खुट्टा र छातीमा गहिरोसँग पोलेको छ भने जेनिसको पेट, ढाड, देब्रे हात र खुट्टामा पोलेको छ ।

घाइते आमा–छोराको जिल्ला अस्पतालले एकीकृत संकट व्यवस्थापन प्रणालीअन्तर्गत् निःशुल्क उपचारको व्यवस्था मिलाएको अस्पतालका सूचना अधिकारी कृष्णलाल श्रेष्ठले बताए ।

पक्राउ गरिएका लम्साललाई ज्यान मार्ने उद्योगअन्र्तगत् अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । रासस