२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


रेबिज रोगको जोखिम बढ्दो


0
Shares

प्रज्ञा तिमल्सिना र योगेश लामा (इमेज)

काठमाडौं, भदौ ३ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा बाँदर र कुकुरले टोकेको समस्या लिएर आउनेको संख्या बढेको छ ।

रेबिज रोग लागेको कुकुरको टोकाइबाट सर्ने रेबिजका कारण गत वर्षमात्र ३२ जनाको ज्यान गएको तथ्यांक रहेको छ ।

कुकुरले टोकेपछि हेलचेक्र्याइँ गर्ने प्रवृत्तिका कारण पछिल्लो समय रेबिज रोगका कारण धेरैले अकालमा नै ज्यान गुमाउनुपरेको चिकित्सकहरु बताउँछन् ।

‘सानो कुकुरले टोकेको त हो नि ! घाउ सानो नै छ’ भनेर बेवास्ता गर्दा त्यसले धेरैको मृत्यु भएको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए ।

रेबिज रोगथाम गर्न सकिने रोग भएपनि मानिसको सोचमा परिवर्तन ल्याउन नसकेका कारण समस्या बढेको डा. पुन बताउँछन् ।

कुकुरको टोकाइबाटमात्र सर्ने रेबिज रोगको जीवाणु मानिसको शरीरमा प्रवेश गरेको केही दिन वा एक वर्षपछि पनि त्यसको लक्षण देखापर्ने चिकित्सकहरु बताउँछन् ।

रेबिज रोग संक्रमित कुकुरले मानिसलाई टोकेपछि कुकुरको बानी–व्यहोरासमेत फरक हुन्छ भने १० दिनको अन्तरालमा कुकुरकोसमेत मृत्यु हुन्छ ।

तर, रेबिज रोगको लक्षण देखापर्न थालेपछि भने त्यसको उपचार सम्भव नभएको चिकित्सकहरुको भनाइ छ ।

रेबिज रोगको जीवाणुले मानिसको मस्तिष्कमा असर गर्दै अन्त्यमा मृत्यु नै हुन्छ  ।

यस्तै, पछिल्लो समय बाँदरको टोकाइबाट अस्पताल आउनेको संख्यासमेत बढ्दै गएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ ।

साउन महिनामा मन्दिर जानेहरु बढी हुनेका कारण बाँदरको टोकाइबाट धेरै मानिस प्रभावित बनेको चिकित्सकहरु बताउँछन् ।

तर, बाँदरको टोकाइका कारण महामारी भने नदेखिएको भन्दै सरुवा रोग विशेषज्ञ डा. पुनले बाँदरको टोकाइबाट लाग्ने रोगबारे अनुसन्धान भने नभएको बताउँछन् ।

७० प्रतिशत रोगहरु जनावरका कारण मानिसमा सर्ने अनुमान गरिएको छ । जसका कारण त्यसमा व्यक्ति आफैं पनि सचेत हुन आवश्यक छ । कुनै जनावरले टोक्नेबित्तिकै चिकित्सकको सम्पर्कमा आउन आवश्यक छ ।

भिडियो हेर्नुहोस्