हेटौंडा, भदौ ३ । प्रदेश नम्बर–३ प्रदेशसभाको बैठक यही भदौ ८ गते दिनको २ बजे बस्ने भएको छ ।
उक्त दिन बस्ने बैठकमा सार्वजनिक निजी सहकारी, साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेश यातायातसम्बन्धी व्यवस्था ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ छलफलका लागि प्रस्तुत गरिने प्रदेशसभा सचिवालयका प्रमुखसचिव रामशरण घिमिरेले राससलाई बताए ।
सोही दिन बस्ने बैठकमा प्रदेश मामिला समिति तथा अन्य समितिबाट पारित भइआएका चार प्रतिवेदन पनि छुट्टाछुट्टै प्रस्तुत गरिने उनले जानकारी दिए ।
प्रदेश सरकारले ०७६/७७ का लागि गत असार १२ गते प्रस्तुत गरेकोे बजेट पारित गरिएपछि बैठक स्थगित गरिएको थियो । रासस




प्रतिक्रिया दिनुहोस्