काठमाडौं, भदौ २ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु एक लाख घुस लिएको आरोपमा महानगरीय ट्राफिक प्रहरी कार्यालय, गोंगबुमा कार्यरत् चार प्रहरीजवानलाई नियन्त्रणमा लिएको छ ।
दुर्घटना सिफारिस दिएवापत् सेवाग्रहीसँग घुस लिने प्रहरीजवानहरु देवेन्द्र बलायर, आकाश खनाल, निरज भण्डारी र हिटलर साउदलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।
अनुसन्धानकाक्रममा प्रहरीजवान खनाल र भण्डारी घुस लिने कार्यमा प्रत्यक्ष संलग्न रहेको नदेखिएकाले हाल उनीहरुलाई मुद्दा नचलाइ साक्षीकारुपमा राखिएको आयोगले जनाएको छ ।
प्रहरीजवान बलायर र साउदलाई जनही रु एक/एक लाख बिगो माग गर्दै सोमबारै विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । रासस








प्रतिक्रिया दिनुहोस्