
काठमाडौं, साउन ५ । अमेरिकाले युक्रेनलाई सुरक्षा सामथ्र्य अभिवृद्धि गर्न भन्दै २०० मिलियन डलर सहयोगको घोषणा गरेको छ ।
पेन्टागनले जारी गरेको विज्ञप्तिमा सहयोग रकम सैन्य अभ्यास, सन्चार, स्वास्थ्य र अरु गैरसैन्य अभियानमा खर्च गरिने जनाएको छ ।
सन् २०१४ यता कियभलाई अमेरिकाले एक बिलियन डलरभन्दा बढीको सैन्य सहयोग गरिसकेको छ ।
युक्रेनको दक्षिणी स्वायत्त क्षेत्र क्राइमिया रुसले आफूमा बिलय गराएपछि अमेरिकाले सैन्य सहयोग बढाएको हो ।
युक्रेनको पूर्वी क्षेत्र डोनेस्क र लुहान्स्कमा चर्किएको द्वन्द्वमा १० हजारभन्दा बढी मानिस मारिएका छन् ।
युक्रेनका पृथकतावादीहरुलाई रुसले हतियार दिएर सहयोग गरेको आरोप लगाएपनि उसले आरोप अस्वीकार गर्दै आएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्