ताप्लेजुङ, भदौ १ । ताप्लेजुङमा जारी चौथो पाथीभरा गोल्डकप फूटबलको सेमिफाइनलमा मोरङको डाँगीहाट क्लव प्रवेश गरेको छ ।
आज भएको खेलमा मोरङकै बेलबारी फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै डाँगीहाट सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको ३३औँ मिनेटमा कप्तान विक्रम लिम्बूले गरेको गोल नै जितका लागि निर्णायक बन्यो ।
खेलमा म्यान अफ दि म्याच डाँगीहाट क्लवका अरुण लिम्बू घोषित भए ।
सोमबार हुने खेलमा एलाभेन एरोज सुनसरी र युकेएफसी दार्जिलिङ भारतबीच प्रतिस्पर्धा हुने छ । यसअघि फिदिङ स्पोर्टिङ क्लव पाँचथरलाई पराजित गर्दै इलामको रेडहर्ष सेमिफाईनलमा प्रवेश गरेको छ ।
प्रतियोगिता भदौ ६ गते सकिने छ । १० टिम सहभागी भएको प्रतियोगिताको विजेताले नगद ३ लाख ११ हजार रुपैयाँ र उपविजेताले १ लाख ५१ हजार रुपैयाँ जित्नेछन् ।








प्रतिक्रिया दिनुहोस्