Logo १० कार्तिक २०८२, सोमबार | Mon Oct 27 2025


सुदूरपश्चिम प्रदेशसभा : बर्खे अधिवेशन अन्त्य


0
Shares

कैलाली, भदौ १ । सुदूरपश्चिम प्रदेशसभाको बर्खे अधिवेशन आज सम्पन्न भएको छ । जेठ १ गतेबाट सुरु भएको अधिवेशन अवधिभर ३६ पटक बैठक बसेको थियो ।

बर्खे अधिवेशनमा प्रदेशको लागि महत्वपूर्ण ८ वटा कानून निर्माण भएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए ।

आजको बैठकले सुदूरपश्चिम प्रदेशको कृषि तथा पशुपंक्षी व्यवसाय प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ पारित गरेको छ । प्रमुख प्रतिपक्ष नेपाल कांग्रेसका संसदीय दलका नेता डा. रणबहादुर रावलले अधिवेशमा गरिएका  निर्णय कार्यान्वयनमा सरकारले जोड दिनुपर्ने बताए ।