५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


सुनको बुद्धमूर्ति भन्दै अन्य धातुबाट बनेको मूर्ति बेच्ने तीन जना पक्राउ


0
Shares

पोखरा, भदौ १ । कास्की जिल्ला प्रहरी कार्यालयले सुनको बुद्धमूर्ति भन्दै बेच्ने तीन जनालाई आज सार्वजनिक गरेको छ ।

दोलखा जिल्ला भीमेश्वर नगरपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–९ सिनामंगल बस्ने ५२ वर्षीय राजराज शिवाकोटी, गोरखा भीमसेन नपा– १ घर भई न्यूरोड बस्ने ३३ वर्षीय देवकुमार श्रेष्ठ र रामेछाप भङ्गेरी गाउँपालिका ३६ वर्षीय वसन्तबाबु श्रेष्ठले पोखरा महानगरपालिका–८ का पाराश्वर विश्वकर्मालाई सुनको भन्दै अन्य धातुबाट निर्मित बुद्धमूर्ति रु १३ लाखमा बिक्री गरेका थिए । 

प्रहरीले उनीहरुको साथबाट पहेँलो धातुको बुद्धमूर्ति, ड्रिल मेसिन, सुनजस्तो देखिने पहेँलो धुलोसहित पक्राउ गरिएको  प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए । (रासस)