Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


रवि लामिछाने पक्राउ परेको घटनामा सांसदले उठाए आवाज


0
Shares

काठमाडौं, भदौ १ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले सरकारको कार्यसम्पादनमा परिर्वतन नआए जनतामा निराशा छाउने टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा सांसद डा. रिजालले जनतासँग गरेको बाचा पुरा गर्न सरकारले कार्यसम्पादनको गतिलाई परिवर्तन गर्नुपर्ने बताए । उनले सरकारले यही गतिमा काम गरिरहे अर्को चुनावमा नेपाली कांग्रेसले सरकार बनाउने दावी गरे ।

सत्तारुढ दल नेकपाका प्रमुख सचेतक देव गुरुङले जनयुद्धको समयमा नेपाली सेनाका थुप्रै जवानहरु तत्कालिन जनमुक्ति सेनामा प्रवेश गरेको भन्दै शान्तिसम्झौता विपरित पछिल्लो समय नेपाली सेनाले उनीहरुलाई जेल हाल्न थालेको भन्दै गम्भिर आपत्ति जनाए ।

प्रतिनिधिसभाको आज बसेको बैठकको शून्य समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद महेश्वरजंग गहतराजले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पत्रकार रवि छामिछानेलाई पक्राउ गरेको प्रशंग निकाल्दै दोषी जोकोही भए पनि कारवाही गर्नुपर्ने बताए । उनले उक्त घटनाको विषयमा पत्रकार लामिछानेसहित पक्राउ परेपछि हुलहुज्जत गर्ने काम भईरहेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद यज्ञराज सुनुवारले पत्रकार सालिकराम पुडासैनीको आत्महत्या र रवि लामिछाने पक्राउका बारे सरकारले सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए ।

यसैबीच, प्रतिनिसिभाको आजको बैठकले ‘प्रमाण(दोस्रो संशोधन) विधेयक, २०७५, बिरुवा संरक्षण (पहिलो संशोधन), बिउ विजन (दोस्रो संशोधन), राष्ट्रिय खेलकुद विकास विधेयक र खानेपानी तथा सरसफाई विधेयक, २०७५ लाई दवाफार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।

यस्तै, आजको बैठकमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सम्बन्धी प्रतिवेदन र असार अन्तिमसाता परेको अविरल वर्षाका कारण बाढी र डुबान प्रभावित जिल्लाहरुको स्थलगत निरीक्षण तथा अनुगमन प्रतिवेदन र वन विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश भएका छन् ।

 

Skip This