Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


नेकपाको सचिबालय बैठक आज अपरान्ह बस्ने


0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक आज अपरान्ह चार बजे बस्दैछ ।

प्रधानमन्त्री निवास बाुलवाटारमा बस्ने भनिएको बैठकमा पार्टीका जनवर्गीय संगठनको इन्चार्ज तोक्नुका साथै विशेष जिल्लाहरुको नेतृत्व चयन गर्ने एजेण्डामा छलफल हुने बताइएको छ ।

यसअघि शुक्रबार बसेको सचिवालय बैठकले पार्टीका महत्वपूर्ण ३२ विभागको नेतृत्व चयन गरेको थियो ।

३२ विभागमध्ये १८ मा पूर्वएमाले र १४ विभागमा पूर्वमाओवादी केन्द्रका नेताहरुले जिम्मेवारी पाएका छन् ।

यस्तै बैठकले सचिवालय सदस्य वामदेव गौतमलाई पार्टीको उपाध्यक्ष बनाउने निर्णय गरेको थियो ।

बैठकमा नेता झलनाथ खनालले आफुलाई तेस्रो वरियतामा राख्न लिखित प्रस्ताव पेश गर्नुभएको थियो ।

यसैबीच, पार्टी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

वरिष्ठ नेता नेपालको निवास कोटेश्वरमा हिजो विहान भएको भेटवार्तामा नेता झलनाथ खनालले पार्टीभित्र वरियताको विषयमा राखेको लिखित प्रस्ताव र पार्टीका आन्तरिक विषयमा छलफल भएको स्रोतको भनाइ छ ।