२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


सोमनाथ मन्दिर मुनी बौद्ध गुफा


0
Shares

काठमाडौं, पुस १५ । भारतको गुजरातस्थित सोमनाथ मन्दिर मुनी बौद्ध गुफा भेटिएको छ ।

भारतीय पुरातत्व विभागको रिपोर्टअनुसार सोमनाथ मन्दिरको मुनी बौद्ध गुफाको संरचना प्राप्त भएको जनाइएको छ ।

१२ ज्योर्तिलिगमध्ये एक सोमनाथ मंदिरको मुनी अनुसन्धानको क्रममा गुफा पत्ता लागेको हो ।

पुरातत्व विभागले मन्दिरको १२ मिटर तलसम्म गरेको अनुसन्धानमा तीन तल्लाको संरचना र एल आकारको संरचना भेटिएको भारतीयसंञ्चार माध्यमले जनाएका छन् ।

आधुनिक प्रविधिको मेसिन प्रयोग गरि गरिएको खोजमा एक पक्की भवन र प्रवेश द्वारसमेत देखिएको छ ।

यो विगतमा वौद्धकालिन स्थान भएको र बौद्ध स्तूपहरु समेत रहेको बताइएको छ ।

एक वर्ष अघि प्रधानमन्त्री एवं सोमनाथ मंन्दिरको ट्रस्टी नरेन्द्र मोदीको आदेशमा अनुसन्धान गरेको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ ।