कैलाली । धनगढी उपमहानगरपालिका जुगेडा अस्थायी प्रहरी पोष्टमा कार्यरत दुई जना प्रहरी हत्याकाण्डका मुख्य योजनाकार मध्ये एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १० का ३४ वर्षीय सुकबहादुर भनिने अमर राना रहेका छन् ।
उनलाई धनगढी उप महानगरपालिका–१९ फूलबारीको नेपाल भारत सीमा नजिकबाट पक्राउ गरीएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपशमसेर जवराले जानकारी दिुनभयो ।
गत कात्र्तिक २ गते तस्करीको ट्रान्जिट क्षेत्र मानिने जुुगेडा क्षेत्रमा तस्रकरहरुको समूहले प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या गरेको थियो ।








प्रतिक्रिया दिनुहोस्