Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


पाथीभरा गोल्डकपको उद्घाटन खेलमा रेडहर्ष विजयी


0
Shares

ताप्लेजुङ, साउन ३० । बिहीबारदेखि ताप्लेजुङमा सुरु भएको चौथो पाथीभरा गोल्डकप पुरुष फुटबल प्रतियोगिताको पहिलो खेलमा रेडहर्ष क्लब इलाम विजयी भएको छ ।

घरेलु टोली पोमु केछाङ स्पोर्टिङ क्लब ताप्लेजुङलाई ३–० ले पराजित गर्दै इलाम विजयी भएको हो ।

इलामका लागि फोफोनाले दुई तथा पासाङ शेर्पाले एक गोल गरे ।

शुक्रबार आयोजक टोली ताप्लेजुङ–११ र बेलबारी फुटबल क्लब मोरङबीच प्रतिस्पर्धा हुनेछ ।

आउँदो भदौ ६ गतेसम्म सन्चालन हुने प्रतियोगितामा भारतकोसमेत गरी १० टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले तीन लाख ११ हजार र उपविजेताले एक लाख ५१ हजार रुपैयाँसहित ट्रफी पाउने आयोजकले जनाएको छ ।