
काठमाडौं, साउन ३० । सन्चारकर्मी रवि लामिछाने पक्राउ परेका छन् ।
बिहीबार साँझ प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
‘न्यूज २४’ टेलिभिजनको ‘सीधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता लामिछानेलाई चितवनमा पत्रकार शालिकराम पुडासैनीको ‘आत्महत्या’सम्बन्धी घटनाका सम्बन्धमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सोही टेलिभिजनमा कार्यरत् अर्का पत्रकार युवराज कँडेल पनि पक्राउ परेका छन् । यस्तै, स्टाफ नर्स अस्मिता कार्कीलाई पनि पक्राउ गरिएको छ ।
उनीहरुलाई पक्रेर चितवन लगिँदै छ ।
पत्रकार पुडासैनीले ‘आत्महत्या’ गर्नुअघि ‘रेकर्ड’ गरेको भनिएको भिडियोमा आफूलाई रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीले आत्महत्या गर्न बाध्य पारेको उल्लेख रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्