२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


खोटाङमा पदमार्ग शिलान्यास


0
Shares

खोटाङ, पुस ११ । खोटाङको साकेला गाउँपालिका खिदिमास्थित तावाभञ्ज्याङदेखि चखेवाभञ्ज्याङ हुँदै टेम्केडाँडासम्म जोड्ने पदमार्गको शिलान्यास गरिएको छ ।

खोटाङ र भोजपुरको सिमानामा पर्ने टेम्केडाँडाको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले करिब १० किलोमिटर लामो पदमार्गको निर्माण अघि बढाइएको हो ।

साकेला गाउँपालिका, प्रदेश सरकार र स्वीस सरकारकोे संयुक्त लगानीको आधारमा निर्माण गर्न लागिएको पदमार्ग नेपाल सरकारले निर्धारण गरेको एकसय वटा गन्तव्यमध्ये सबैभन्दा पहिलो प्राथमिकतामा राखेको प्रदेशसभा सदस्य रामकुमार राईले जानकारी दिनुभयो ।

पदमार्गको लागि ९८ लाख ८५ हजार रुपैयाँ खर्च हुने गाउँपालिका प्रमुख अर्जुनकुुुमार खड्काले बताउनुभयो ।