Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


मुख्यमन्त्री शाहीलाई लक्षित गरी बम पड्काइएको भन्ने कुरा हल्लामात्र : प्रहरी


0
Shares

सुर्खेत, साउन २९ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरी बम पड्काइएको भन्ने कुरा हल्लामात्र भएको प्रहरीले जनाएको छ ।

कालीकोटको पचालझरना गाउँपालिकाको विशेष गाउँसभालाई सम्बोधन गर्न बुधबार त्यहाँ पुगेका मुख्यमन्त्री शाहीलाई लक्षित गरेर नेत्रविक्रम चन्द समूहले बम पड्कायो भन्ने कुराको अफवाहमात्र भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए ।

‘बम पड्केको हामीले थाहा नै पाएनौं’–शर्माले भने–‘खै कसले बम पड्केको कुरा गर्‍यो, उनैले जानून् ।’

आफू अहिले मुख्यमन्त्रीसँगै भएको जनाउँदै उनले पचालझरनाको विशेष गाउँसभा सम्पन्न गरेर सदरमुकाम आउनका लागि हिँडिरहेको बताए ।

मुख्यमन्त्री शाहीका प्रमुख स्वकीयसचिव खेमबहादुर सिंहले शान्तिपूर्ण तवरबाट कार्यक्रम सकेर फर्किएका र बिहीबार रास्कोट नगरपालिकाको नमुना विद्यालय उद्घाटन गर्ने कार्यतालिका रहेको जानकारी दिए । रासस