Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा ओली, मन्त्री बन्नेमा यी नेताको चर्चा


0
Shares

Nepal india ayodhya ram sita laxman balmiki

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ ।

प्रतिनिधिसभा विघटन भएसँगै यही पुस ५ गते नेकपाको दाहाल नेपाल समूहका सात जना मन्त्रीले सामुहिक राजीनामा दिएसँगै रिक्त रहेका मन्त्रालयमा नयाँ मन्त्रीलाई जिम्मेवारी दिने प्रधानमन्त्री ओलीको तयारी छ ।

प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने सम्भावना रहेको उहाँ निकट नेताहरुले बताएका छन् ।

केन्द्रीय कमिटीको बैठक सकिएपछि नेकपाका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पनि छिट्टै मन्त्रिपरिषद् पुनर्गठन हुने बताउनुभएको थियो ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएपछि आकांक्षीहरु बढेका छन् ।

मन्त्री बन्ने सूचीमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, विशाल भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, प्रेम आले, पदम गिरी, कृष्णकुमार श्रेष्ठ, गणेशसिंह ठगुन्ना, नारदमुनी राना, नवराज सिलवाल, दलबहादुर रानालगायतको नाम चर्चामा रहेको बताइएको छ ।