काठमाडौं, साउन २८ । प्रतिनिधिसभाले ‘प्रशासकीय अदालत विधेयक–२०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ ।
यसअघि, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘प्रशासकीय अदालत विधेयक, २०७६ लाई पारित गरियोस्’ भनी सदनमा प्रस्ताव प्रस्तुत गरेका थिए ।
बैठकमा ‘कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको प्रशासकीय अदालत विधेयक, २०७६ माथि छलफल गरियोस्’ भन्ने प्रस्तावलाई सभाले सर्वसम्मतरुपमा स्वीकार गरेको थियो ।
बैठकमा मन्त्री ढकालले प्रस्तुत गरेको ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सभाले सर्वसम्मत स्वीकृत गरेको थियो ।
बैठकमा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयकसम्बन्धी प्रतिवेदन, २०७६’ पेस गरे ।
अर्काे बैठक आगामी भदौ १ गते आइतबार बिहान ११ः०० बजे बस्नेछ । रासस









प्रतिक्रिया दिनुहोस्