Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


संसद पुर्नस्थापना हुने भट्टराईको विश्वास


0
Shares

काठमाडौं । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अदालतबाट विघटन भएको संसद पुर्नस्थापना हुने विश्वास व्यक्त गर्नुभएको छ ।

मन्त्रालयमा आयोजित औपचारिक विदाइ कार्यक्रममा बोल्दै भट्टराईले संवैधानिक अंगहरू स्वतन्त्र रहेको अवस्थामा संसद पुर्नस्थापना हुने विश्वास व्यक्त गर्नुभएको हो । लोकतान्त्रिक प्रक्रियामा आघात पुगेका कारण आफूसहितका मन्त्रीहरूले सामूहिक राजीनामा दिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो देशका संवैधानिक अंगहरु स्वतन्त्र छन् भने विवेक पुर्‍याउँछन् । सतप्रतिशत भन्दा पनि बढी विश्वासका साथ भन्छु संसद पुर्नस्थापना हुन्छ । मुलुकप्रति संविधानप्रति जवाफदेही छन् भने सतप्रतिशत संसद पुर्नस्थापना हुन्छ, हुनुपर्छ । त्यो नै हाम्रो लोकतन्त्रको विजय हुन्छ । संविधानको रक्षा हुन्छ ।’

भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव गर्दा आफूहरुले रोक्ने धेरै प्रयास गरे पनि सम्भव नभएको बताउनुभयो । प्रधानमन्त्री ओलीको कदम गैरसंवैधानिक रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘संविधान पल्टाएर हेर्दा संवैधानिक नै छैन । कानून र संविधानको हिसाबले मेल खाँदैन । राजनीतिक हिसाबले राजनीतिक मुल्यलाई बोकेको छैन । जुनसुकै कारणले भए पनि यो अलोकतान्त्रिक नै हो । अन्य बाटोहरू पनि थिए । असंवैधानिक काम गर्न नपर्ने थियो गर्नुभयो । दुःखी छौँ ।’

भट्टराईको विदाइमा मन्त्रालयका सचिव यादव कोइरालाले नेपाली ढाका टोपीका साथै फुलगुच्छा र मायाको चिनो दिएका छन् । मन्त्रालयका अन्य कर्मचारी, युनियन कर्मचारी संघठनका पदाधिकारी लगायतका व्यक्तित्वहरुले समेत मन्त्री भट्टराईलाई स–सम्मान विदाइ गरेका छन् ।

Skip This