तस्वीर : रासस
काठमाडौं, साउन २६ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले तल्ला तहको पार्टी संरचना सहमतिमै टुंगो लगाउने गरी तयार पारिएको निर्देशिका पारित गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय ललितपुरमा आइतबार बसेको बैठकले स्थानीय तहको अन्तरिम संरचना सहमतिबाट टुंगो लगाउने निर्देशिका अनुसार समायोजन भएका निर्वाचन क्षेत्रका साथै नगर र गाउँपालिकामा गाभिएका वडा र गाविसको नेतृत्व सहमतिबाट कात्तिकभित्र टुंगो लगाउने निर्णय गरेको हो ।
योसँगै अन्तरिम संरचना गठन निर्देशिका सम्बन्धी विवाद पनि टुंगिएको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्