बागलुङ, साउन २६ । बागलुङको ढोरपाटन नगरपालिका–८ बोबाङमा धारिलो हतियार प्रयोग गरी एक दम्पत्तीको हत्या भएको छ ।
गएराति घरमा बसिरहेका ६८ वर्षीय भानबहादुर कामी र उनकी ६० वर्षीया श्रीमती बिमा कामीको धारिलो हतियारबाट हत्या भएको हो ।
स्थानीयले आज बिहान श्रीमानको शव घर नजिकैको मकै बारीमा र श्रीमतीको शव घरभित्रै देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको प्रकृति हेर्दा बञ्चरो प्रयोग गरेकोजस्तो देखिएको र दुवै जनाको टाउकोमा ठूलो चोट रहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्