२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


‘तिलोत्तमा लगानी सम्मेलन’ हुँदै


0
Shares

बुटवल, साउन २५ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आउँदो असोज ९ गते ‘तिलोत्तमा लगानी सम्मेलन’ आयोजना गर्ने भएको छ ।

नगरमा कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधारलगायतका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सम्मेलन आयोजना गर्न लागिएको जनाइएको छ ।

आर्थिक विकासमा निजी क्षेत्रको उपस्थितिलाई अझ व्यापक बनाउने उद्देश्यले लगानी सम्मेलन आयोजना गर्न लागिएको नगरप्रमुख वासुदेव घिमिरेले बताए ।

सम्मेलनमा विभिन्न क्षेत्रका डेढ दर्जन परियोजना लैजाने नगरपालिकाको तयारी छ ।

एकदिने सम्मेलनका लागि करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान छ । यसमध्ये नगरपालिकाको तर्फबाट २० लाख रुपैयाँ विनियोजन गरिएको छ भने बाँकी रकम निजी क्षेत्रबाट जुटाउने लक्ष्य नगरपालिकाको तयारी छ ।