बुटवल, साउन २५ । प्रदेश नम्बर–५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले यातायात क्षेत्रमा फैलिएको विकृृति समाधान गर्न कडा नीति अवलम्बन गरिने बताएका छन् ।
शनिबार रोहिणी इम्पोर्ट एन्ड एक्सपोर्ट प्रालि बुटवलले आयोजन गरेको कार्यक्रममा मन्त्री चौधरीले नियमको उल्लंघन गर्नेलाई कडा कारबाही गरिने बताए ।
स्थानीय तहमा ‘रुट परमिट’सहित लाइसेन्स प्राप्त गरेर टेम्पो सन्चालनमा ल्याउन उनले आग्रहसमेत गरे ।
सो कम्पनीका जीएम राजा गाएमले नेपालमा पेट्रोलियम सवारी–साधन हटाउने योजनामा विद्युतीय टेम्पो सहयोगी हुने बताए ।
कार्यक्रममा रोहिणी इम्पोर्ट एन्ड एक्सपोर्टले इलाका प्रहरी कार्यालय बुटवललाई पाँचओटा ‘इलेक्ट्रिक’ साइकल हस्तान्तरण गरेको थियो ।
ती साइकलहरु प्रहरीले सुरक्षाका लागि गस्तीमा प्रयोग गर्ने जनाइएको छ ।




प्रतिक्रिया दिनुहोस्