Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


गगनले किन भने राष्ट्रपति भण्डारीलाई ‘महारानी’ ? काठमाडौमा आफूसँग चुनाव लड्न चुनौती


13
Shares

congress gagan thapa president bidhya bhandari

धनगढी, मंसिर २९ । नेपाली काँग्रेसका नेता गगन थापाले राष्ट्रपतिलाई ‘महारानी’ भन्दै काठमाडौमा आफूसँग चुनाव लडन चुनौती दिनुभएको छ ।

कैलालीको धनगढीमा पार्टीले आयोजना गरेको सभामा, थापाले राष्ट्रपति कार्यालय शीतल निवासमा बसेर पार्टीको गूट झगडा मिलाउन उद्यत रहेको आरोप लगाउँदै विद्या भण्डारीले पदको गरिमा बिर्सिएको आक्षेप पनि लगाउनुभयो ।

सभामा थापाले भन्नुभयो, ‘म मदन भण्डारीको शब्द सापटी लिएर भन्छु, महारानी शितल निवासबाट आँखा नझिम्क्याई बक्सियोस्, काठमाडौमा आफूसँग चुनाब लडन तयार होइबक्स्योस् ।’

नेकपा भन्ने कुनै पार्टी नभएर लोभी पापीको मञ्च भएको आरोप लगाउँदै थापाले भन्नुभयो ‘केपी ओली लोभी र प्रचण्ड पापी हुन् ।’