Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


महिला साफ यु–१५ फुटबलः नेपालको पहिलो प्रतिद्वन्द्वी भारत


0
Shares

काठमाडौं, साउन २४ । भुटानमा आयोजना हुने महिला साफ यु–१५ (पन्ध्र वर्षमुनि)को फुटबल च्याम्पियनसिपमा पहिलो खेलमा नेपालले भारतको सामना गर्ने भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले शुक्रबार सार्वजनिक गरेको खेलतालिकामा नेपालले पहिलो प्रतिद्वन्द्वी भारत पाएको हो ।

प्रतियोगिता आगामी असोज २२ देखि २८ गतेसम्म हुनेछ ।

भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा हुने उक्त प्रतियोगितामा नेपालले आगामी असोज २२ गते भारतको सामना गर्नेछ ।

त्यस्तै, नेपालले असोज २४ गते बंगलादेशसँग खेल्नेछ भने असोज २६ गते आयोजक भुटानसँग खेल्नेछ ।

लिग चरणका खेल समाप्तिपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

भुटानमा नै भएको गत संस्करणमा नेपाल चौथो भएको थियो । रासस