Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


कसैलाई एक थप्पड हानेको पनि छैन, कसैको एक थप्पड खाएको पनि छैन : दाहाल (भिडियो)


0
Shares

काठमाडौं, साउन २४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई मान्छेहरुले हिंस्रक देख्ने गरेपनि अहिलेसम्म एकजनालाई थप्पड नहानेको र कसैको एक थप्पड पनि नखाएको बताएका छन् ।

शमी साहित्य प्रतिष्ठानको ‘शमी’ साहित्यिक पत्रिकाको पहिलो अंक र नेकपाका नेता दीनानाथ शर्माद्वारा लिखित ‘झरीको सौन्दर्य’ नामक यात्रा निबन्धसंग्रहको शुक्रबार राजधानीमा लोकापर्ण गर्दै दाहालले आफू भद्र, सालिन, उदार र भावुक व्यक्ति भएको दाबी गरे ।

विकृति र विसंगतिका कारण आफू झन्डै–झन्डै पागल भएर विद्रोहमा गएको तर अहिले सही ढंगबाट काम हुन नसकेको पनि उनले बताए ।

कार्यक्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले जनतामा निराशा बढेको भन्दै गल्ती स्वीकारेर काममा ध्यान दिन नसके समृद्धि नआउने बताए ।

त्यसैगरी, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले छलछाममात्र गर्ने गरेको भन्दै अब छलछाम होइन, साँच्चिकै देश निर्मामाण लाग्न सुझाव दिए ।

कार्यक्रमका सहभागीहरुले साहित्य र राजनीतिबीच अतिनिकटको सम्बन्ध रहेको चर्चा गरेका थिए ।

भिडियो हेर्नुहोस्