
काठमाडौं, मंसिर २८ । व्यवसायीक संस्था हिमालयन अर्गनाइजेशन अन्तर्गतको हिमालयन मोटोराड कम्पनीले नेपाली बजारमा नयाँ इलेक्ट्रिक अटोको विक्री शुरु गरेको छ ।
कम्पनीले केरेला अटोमोबाइल्सले भारतमा निर्माण गरेको निम–जि इलेक्ट्रिक अटो नेपाली बजारमा विक्री शुरु गरेको हो ।
कम्पनीले देशभर आइतबारदेखि विक्री सुरु गरेको छ ।
कम्पनीका अनुसार इलेक्ट्रिक अटोको सञ्चालन खर्च प्रति किलोमिटर ७५ पैसा रहेको छ ।
अटोमा जडान गरिएको ब्याट्रीमा तीन वर्ष वा १५ सय लाइफ सर्कलको वारेन्टी रहेको छ भने ३ घण्टा ५५ मिनेटमै फूलचार्ज गर्न सकिने छ ।
उक्त अटोले ३० डिग्री सम्मको उकालो सजिलै चढ्न सक्ने र नेपालको बाटो सुहाउँदो भएको बताइएको छ ।
टेम्पोले प्रति घण्टा ५० किलोमिटर यात्रा गर्न सक्ने छ ।
प्रतिक्रिया दिनुहोस्