Logo १० कार्तिक २०८२, सोमबार | Mon Oct 27 2025


सडक सफा गर्न ललितपुर महानगरपालिकाले पनि ब्रुमर सञ्चालन गर्दै


0
Shares

दीपक श्रेष्ठ

काठमाडौं, साउन २४ । ललितपुर महानगरपालिकाले ब्रुमर र पानी बोक्ने ट्यांकर चाँडै नै सञ्चालनमा ल्याउने भएको छ । 

महानगर क्षेत्रका सडक सफा गर्न महानगरपालिकाले ‘युरो ४’ मापदण्डका दुईवटा ब्रुमर करिव साढे चार करोड रुपैयाँमा खरिद गरेको हो । अत्याधुनिक सुविधा भएको ब्रुमर गुणस्तरीय भएको ललितपुर महानगरपालिकाले जनाएको छ ।

ब्रुमर सञ्चालनका लागि महानगरपालिकाले ५ जना प्राविधिकलाई तालिम दिइसकेको छ ।

यसअघि काठमाडौं महानगरपालिकाले सडक सफा गर्न ब्रुमर सञ्चालन गर्दै आएको छ ।

ललितपुर महानगरपालिकाले ६ हजार लिटर पानी भण्डारण क्षमता भएको दुईवटा पानी ट्यांकर पनि सञ्चालनमा ल्याएको छ । ललितपुर महानगर क्षेत्र आसपासका सडक किनारामा रोपिएका बिरुवामा सिँचाइ गर्न ट्यांकर ल्याइएको महानगरले जनाएको छ ।