
काठमाडौं, साउन २३ । नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यु–१८ च्याम्पियनसिप फुटबलको खेलतालिका सार्वजनिक भएको छ ।
बंगलादेशको ढाकामा साफले बिहीबार सार्वजनिक गरेको ‘ड्र’अनुसार नेपालले पहिलो प्रतिद्वन्द्वी पाकिस्तान पाएको छ ।
समूह ‘ए’मा रहेको नेपालले पाकिस्तानसित आउँदो असोज ३ गते खेल्नेछ ।
साविक विजेता नेपालको समूहमा भुटान, माल्दिभ्स र पाकिस्तान रहेका छन् ।
नेपालले दोस्रो खेलमा असोज ५ गते माल्दिभ्ससित र अन्तिम खेल असोज ७ गते भुटानसित खेल्नेछ ।
अर्को समूहमा भारत, श्रीलंका र बंगलादेश रहेका छन् ।
सबै खेलहरु सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकको मैदानमा हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्