Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


नेपालका सबैभन्दा बलिष्ठ महिला र पुरुष खेलाडी छानिँदै


0
Shares

काठमाडौं, साउन २३ । तेस्रो संस्करणको नेपाल ‘स्ट्रोङगेस्ट’ सुनिललाल जोशी स्मृति भारोत्तोलन प्रतियोगिता यही साउन २८ गतेदेखि हुने भएको छ ।

आयोजक काठमाडौं जिल्ला भारोत्तोलन संघले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी प्राविधिक कारण जनाउँदै साउन २४ देखि हुनुपर्ने प्रतियोगिता साउन २८ र २९ गते हुने जानकारी गराएको हो ।

प्रतियोगितामा विभिन्न तौल समूहमा गरी झन्डै ९० खेलाडीले सहभागिता जनाउने भएका छन् ।

विभागीय टिम, जिल्ला र क्लबका खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा सिनियर महिला र पुरुषतर्फ १०/१० तौल समूह, जुनियर महिला र पुरुषमा समान १०/१० तौल समूह गरी ४० तौल समूहमा प्रतिस्पर्धा हुनेछ  ।

प्रतियोगितामा महिला र पुरुषतर्फ सबैभन्दा बढी भारवहन गर्ने खेलाडीलाई नेपाल स्ट्रङगेस्ट (बलिष्ठ) उपाधिसहित ११ हजार रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट महिला र पुरुष खेलाडीलाई ‘बेस्ट लिफ्टर’को ट्रफी प्रदान गरिनेछ ।

त्यस्तै, हरेक समूहका विजेता, उपविजेता र तेस्रो हुनेले पदक पाउने जनाइएको छ ।

नेपाल भारोत्तोलन संघका पूर्वअध्यक्ष सुनिललाल जोशीको स्मृतिमा २०७४ सालदेखि हरेक वर्ष यो प्रतियोगिता आयोजना हुँदै आएको छ ।