काठमाडौं, साउन २३ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले जम्मु कश्मिरको घटना भारतको आन्तरिक मामिला भएको भन्दै कुनै टिप्पणी नरहेको स्पस्ट पारेको छ ।
बिहीबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले कश्मिर घटनाबाट नेपालमा पर्नसक्ने सुरक्षा चासोमा पनि टिप्पणी गर्न अस्वीकार गरे ।
उक्त घटनाबारे नेपाल सरकारले नै धारणा बनाउनुपर्ने उनको भनाइ थियो ।
पत्रकार सम्मेलनमा उनले निजामती सेवामा ट्रेड युनियन अधिकार प्रतिबन्धित गर्ने विधेयककाविरुद्ध कांग्रेस उभिने र संविधानले प्रत्याभूत गरेको अधिकारविपरीत सम्झौता नगर्ने बताए ।
जापान सरकारको सहयोगमा बनेको गोंगबु बसपार्कमा ‘जाइका’सँगको सहमतिविपरीत नजान माग गर्दै उक्त प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तत्कालीन नेतृत्वसमेत मुछिएकाले आवश्यक कारबाही गर्नुपर्ने शर्माले बताए ।
उनले सत्तारुढ दल नेकपाको प्रतिवेदनमा कांग्रेसलाई हेर्ने दृष्टिकोणमा ‘दृष्टिदोष’ रहेको पनि बताए ।









प्रतिक्रिया दिनुहोस्