१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


वेस्ट इन्डिजलाई लगातार दोस्रो पटक पराजित गर्दै भारतले जित्यो शृंखला


0
Shares

काठमाडौं, साउन २० । वेस्ट इन्डिजविरुद्वको टी–ट्वेन्टी क्रिकेट शृंखला भारतले जितेको छ ।

अमेरिकाको फ्लोरिडामा भएको दोस्रो खेलमा वेस्ट इन्डिजलाई २२ रनले हराउँदै भारतले सिरिज जितेको हो । तीन खेलको सिरिजअन्तर्गत लगातार दुई खेल जित्दै भारतले अन्तिम खेल अघि नै शृंखला कब्जा गरेको हो ।

गएराति भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतीय टिमले ५ विकेट गुमाएर १६७ रन बनाएको थियो । प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माको ६७ रनको मद्दतले भारतले सो स्कोर खडा गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले १५ दशमलव ३ ओभरमा ४ विकेट गुमाएर ९८ रन बनाएको थियो । त्यसपछि बर्षाले खेल प्रभावित बनेको थियो ।

डकवर्थ लुईसको आधारमा भारतले खेल २२ रनले जितेको घोषणा गरिएको थियो । भारत र वेस्ट ईन्डिजबीचको तेस्रो तथा अन्तिम टी–ट्वेन्टी खेल भोलि हुने छ ।