Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


कम्युनिटी शिल्डको उपाधि म्यानचेस्टर सिटीलाई


0
Shares

काठमाडौं, साउन २० । कम्युनिटी शिल्डको उपाधि म्यानचेस्टर सिटीले जितेको छ ।

गएराति भएको खेलमा खेलमा लिभरपुललाई पराजित गर्दै सिटीले सिजनको पहिलो उपाधिको रुपमा कम्युनिटी शिल्ड जितेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि टाईब्रेकरमा सिटीले ५–४ को जित निकाल्यो ।

लिभरपुलका पूर्वखेलाडी रहीम स्टर्लिङले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । तर लिभरपुलका माटिपले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

गत सिजनको प्रिमियर लिगको विजेता सिटी र च्याम्पियन्स लिगको विजेता लिभरपुल कम्युनिटी शिल्डको उपाधिका लागि भिडेका हुन् ।