Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


प्रधानमन्त्री ओलीको उपचार खर्च सरकारले बेहोर्दैन : सञ्चारमन्त्री


0
Shares

काठमाडौं, साउन १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरमा हुने उपचार खर्च आफैँले व्यवस्थापन गर्ने भएका छन् ।

सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री ओलीको सिंगापुरमा उपचार गर्दाको खर्च सरकारले नबेहोर्ने स्पष्ट पारे ।

मन्त्रिपरिषद् बैठकको यही साउन १६ गते भएको निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने, ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य उपचारको खर्च आफैंले बेहोर्नुहुनेछ, भ्रमण टोलीको आवतजावतको टिकट खर्च मात्रै सरकारले बेहोर्छ ।’ भ्रमणका सदस्यमध्ये कर्मचारी संयन्त्रका बाहेकका सहयोगीको ‘टिएडिए’ स्वीकृति नगरिएको उनले बताए ।

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गर्दै स्वास्थ्य लाभको पनि कामना गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले जानकारी दिए ।

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि शनिबार राति सिंगापुर प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीको सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराउने कार्यक्रम छ । (रासस)

 

Skip This