२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


सरकारको कार्यशैली प्रजातान्त्रिक पद्धतिलाई कमजोर बनाउने खालको


0
Shares

काठमाडौं । प्रजातान्त्रिक विचारप्रति आस्था राख्ने पेशागत संघ संगठनले सरकारको कार्यशैलीका प्रजातान्त्रिक पद्धति कमजोर बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

प्रजातान्त्रिक विचार समाजले आज काठमाडौंमा गरेको छलफलमा वक्ताहरुले सरकार विभिन्न विधेयक बनाएर नै प्रजातान्त्रिक मूल्य मान्यता कुण्ठित गर्न लाग्नु दूर्भाग्य भएको बताए ।

गुठी, विश्वविद्यालय, प्रेससंग सम्बन्धित, राष्ट्रिय मानवअधिकार आयोगलगायतका विधेयकमा राखिएको विषयले सरकार लोकतान्त्रिक मूल्य मान्यताबाट विचलित हुँदै गएको पुष्टी भएको आरोप लगाए ।

उनीहरुले अन्तर्राष्ट्रिय फोरमहरुमा व्यक्त प्रतिबद्धता विपरित मानवअधिकारको गम्भीर उल्लंघन गर्ने गरेकाले विश्वमा नेपालको छवी बिग्रर्दै गएको बताए ।

कार्यक्रममा मानवअधिकारकर्मी कपिल श्रेष्ठ, बार एसोशियसनका पूर्व अध्यक्ष हरिहर दाहाल, विचार समाजका अध्यक्ष डा.केदारनरसिंह केसी, पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरहीलगायतले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

कार्यक्रममा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगन थापा र बद्री पाण्डेले कम्युनिष्टका कारण लोकतन्त्र संकटमा परेको भन्दै अब कांग्रेसले आफ्ना कमजोरी सुधार गर्दै एकताबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।