काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि आज सिंगापुर जाँदै छन् ।
नेकपाका अध्यक्षसमेत रहेका ओली आज साँझ सिंगापुर जान लागेका हुन । उनले सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराउने कार्यक्रम छ ।
एक सातासम्म सिंगापुरमा बसेर स्वास्थ्य जाँच गराउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीसँगै धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, डा. दिब्यासिंह शाह, स्वकीय सचिव रमेश बज्राचार्यलगायत सिंवगापुर जाने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीको शरीरमा चिनीको मात्रा तलमाथि भएको पाइएको छ ।
नियमित औषधि सेवनसँगै अनिदो बस्न नहुने, न्यूनतम् सात घण्टा सुत्नुपर्ने र धपेडीबाट बच्न चिकित्सकले सुझाव दिँदै आएका छन् ।
तर, प्रधानमन्त्री ओलीले धपेडी बढी गरेपछि उनको स्वास्थ्यमा समस्या देखिँदै आएको छ । प्रधानमन्त्री ओलीले मृर्गौला प्रत्यारोपण गरेको १२ वर्ष भइसकेको छ ।
त्यसमा समेत केही जटिलता देखा परेकाले उनी उपचारका लागि जान लाग्नुभएको बताइएको छ । यसअघि पनि उहाँ दिल्ली र थाइल्यान्ड पुगेर उपचार गराउँदै आएका थिए ।









प्रतिक्रिया दिनुहोस्