 
	    काठमाडौं । उत्तरपूर्वी नाइजेरियामा भएको आक्रमणमा कम्तिमा ११० जना किसान मारिएका छन् ।
संयुक्त राष्ट्रसंघका अनुसार द्वन्द्व प्रभावित बोर्नो राज्यको राजधानी मैदुगुरी नजिकै ग्रामिण समुदायमाथि बन्दुकधारीले जथाभावी गोली चलाउँदा उक्त घटना भएको हो ।
राष्ट्रसंघीय मानविय संयोजक एडवार्ड क्यालनले मोटरसाइकलमा आएका सशस्त्र समूहले खेतमा काम गरिरहेका किसानमाथि जथाभावी आक्रमण गरेको बताउनुभएको छ ।
घटनमा केही महिला अपहरणमा परेको राष्ट्रसंघको दावी छ । निदोष किसानामाथि भएको जघन्य अपराध क्षम्य नहुने भन्दै क्यालनले पीडितको न्यायका लागि सबैले पहल गर्नुपर्ने बताउनुभएको छ ।
घटनाको बारेमा कसैले जिम्मेवारी नलिएपनि पश्चिमी अफ्रिकाको इस्लामिक स्टेट (आइएसडब्लुएपी) र बोकोहरामलगायतका सशस्त्र समूहको हात हुनसक्ने सरकारले अनुमान गरेको छ ।
पछिल्ला वर्षहरुमा विभिन्न सशस्त्र समूहहरुबाट भएका आक्रमणमा ती क्षेत्रमा ३० हजार भन्दा बढी सर्वसाधारण मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएका छन् ।
यस्तै विद्रोही समूहका गतिविधिका कारण हजारौं सर्वसाधारण विस्थापित भइसकेका छन् ।
नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले घटनाको निन्दा गर्दै सशस्त्र गतिविधिबाट समस्या समाधान नहुने भन्दै वार्तामा आउन आह्वान गर्नुभएको छ ।
राष्ट्रपति बुहारीले सन् २०१५ मा सत्ता सम्हालेपछि नाइजेरियामा हिंसात्मक घटानाहरु निरन्तर बढिरहेका छन् ।
विद्रोहीको आक्रमणमा परेर गत वर्ष करिब ८ सय सुरक्षाकर्मीको मृत्यु भएको थियो । (एजेन्सी)


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्