Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


चौथो पाथीभरा गोल्डकप साउन ३० गतेदेखि सुरु हुने


0
Shares

ताप्लेजुङ । ताप्लेजुङमा आगामी साउन ३० गतेदेखि चौथो पाथीभरा गोल्डकप प्रतियोगिता सुरु हुने भएको छ ।

जनै पूर्णिमा तथा लाखेजात्राको अवसर पारेर हरेक वर्ष गोल्डकप प्रतियोगिता गरिंदै आएको छ ।

भदौ ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाल र भारतका गरी १० टिम सहभागी हुने खेल सञ्चालन समितिले जनाएको छ ।

भारतको रोयल फुटबल क्लब, बेलबारी फुटबल क्लब, एलाभेन एरोज क्लब सुनसरी, डाँगीहाट फुटबल क्लब मोरङ, गोर्खा स्पोर्टिङ क्लब झापा, रेडस्टार क्लब झापा, रेडहर्ष क्लब इलाम, फिदिम स्पोर्टिङ क्लब पाँचथर र घरेलु २ टिम प्रतियोगितामा सहभागी हुने छन् ।

प्रतियोगिताका विजेताले ३ लाख ११ हजार र उपविजेताले १ लाख ५१ हजार नगदसहित ट्रफि पाउने छन् ।