Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


मुलुकको पहिचानका लागि लुम्बिनीको विकास अपरिहार्य : प्रधानमन्त्री


0
Shares

काठमाडौं । प्रधानमन्त्री एंव लुम्बिनी बिकास कोषका अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी विकास योजनालाई प्रभावकारी कार्यान्वयनमा ल्याउन निर्देशन दिएका छन् ।

लुम्बिनी विकास कोषको आज प्रधानमन्त्री  निवास बालुवाटारमा बसेको बैंठकमा प्रधानमन्त्री ओलीले मुलुकको पहिचानको लागि पनि लुम्बिनीको विकास अपरिहार्य रहको बताए ।

ओलीले लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभई बौद्ध धर्मावलम्बीको उद्गम स्थलसमेत रहेकाले लुम्बिनी बिकास योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नु आवश्यक रहेको बताए ।

लुम्बिनीलाई पर्यटन क्षेत्रको प्रमुख गन्तब्यको रुपमा बिकास गर्नको लागि लाग्नु पर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा लुम्बिनीको प्रचारप्रसार गरी पर्यटक आकर्षणको केन्द्र बनाउनका लागि प्रधानमन्त्री ओलीको ध्याानकर्षण गराएका थिए ।

लुम्बिनी क्षेत्रको विकासको लागि बुद्ध जयन्ती र अन्तराष्ट्रिय सम्मेलन गर्नुपर्ने त्रिपाठीको भनाई थियो ।

बैठकमा संस्कृति  पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले लुम्बिनी क्षेत्रको विकासका लागि सरकारले दीर्घकालीन योजना बनाउने बताए ।