२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


एनबीएल थ्री अन थ्री बास्केटबल हुँदै


0
Shares

काठमाडौं, साउन १६ । एनबीएल थ्री अन थ्री इस्ट र वेस्ट बास्केटबल प्रतियोगिता आउँदो भदौ ६ देखि ११ गतेसम्म हुने भएको छ ।

इस्टअन्तर्गत् पूर्वको बिर्तामोड, धरान र विराटनगर गरी तीन ठाउँमा कम्तीमा १०/१० टोलीबीच नकआउटका आधारमा पहिलो चरणको प्रतिस्पर्धा गराइने बताइएको छ ।

पहिलो चरणको प्रतियोगितामा तीनै स्थानका पहिलो र दोस्रो हुने टोली बिर्तामोडमा हुने फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् ।

विजेताले ५० हजार तथा उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार जित्नेछन् ।

त्यसैगरी, एनबीएल थ्री अन थ्री वेस्ट प्रतियोगिता पश्चिमका पोखरा, बुटवल र धनगढीमा हुनेछ । आउँदो कात्तिकमा हुने उक्त प्रतियोगिताको मिति भने अझै सार्वजनिक गरिएको छैन ।

यो प्रतियोगितामा हुने सहभागिता र पुरस्कार रकम पूर्वको जस्तै हुने आयोजकले बताएको छ ।