Logo १० कार्तिक २०८२, सोमबार | Mon Oct 27 2025


समाजवादी पार्टीका नेतामाथि ‘गोली’ प्रहार


0
Shares

अपडेटः

कपिलवस्तु, साउन १६ । सत्तारुढ दल समाजवादी पार्टीको कपिलवस्तु, शुद्धोधन गाउँपालिकाका अध्यक्ष रामनयन यादवमाथि बिहीबार अज्ञात समूहले ‘गोली’ प्रहार गरेको छ ।

यादव जिल्ला सदरमुकाम तौलिहवा जानेक्रममा वडा नम्बर–६, टिटिहिरियानजिकै उनीमाथि आक्रमण भएको हो ।

मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरी भागेको उनले बताएका छन् ।

उनको अवस्था सामान्य रहेको छ । जिल्ला अस्पताल तौलिहवामा सामान्य उपचार गरी उनी घर फर्किएका छन् ।

कपिलवस्तु प्रहरीले भने घटनामा गोली चलेको पुष्टि गरेको छैन ।