काठमाडौं, साउन १६ । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले सरकार राष्ट्रिय दायित्वबाट पछि हटेर लम्पसारवादमा लागेको आरोप लगाएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले विदेश नीतिको सन्दर्भमा सरकारले विश्वसनीय काम गर्न नसकेको धारणा राखे ।
नेता महतले सरकारका गलत क्रियाकलापविरुद्ध कांग्रेस संसदभित्र र बाहिर सशक्तरुपमा प्रस्तुत् हुुने बताए ।
संगठन विस्तार नभएसम्म पार्टीको महाधिवेशन हुन नसक्ने भएकाले पार्टी सभापतिले यसबारे गृहकार्य गरिरहेको उनको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्