
पाल्पा । तरकारी खेतीका लागि प्रसस्त जमिन र सिचांइको हुनु पर्दछ भन्ने मान्यता सबैको छ । तर यो मान्यतालाई वगनाशकाली–२ का एक कृषकले विगत केही वर्षदेखि चिर्दै आएका छन् ।
घरको छतमा मौसमी र वेमौसमी तरकारी खेती गरेर आफुले घरायसी आवश्यकता मात्र पुरा नभइ विक्री गर्न पनि सफल भएका छन् । पोखराथोकका कृषक कवि नेपालको घरको छतमा यतिखेर, करेला, वोडी, भिण्डी तरकारीहरु रहेका छन् ।
अर्गानिक र रसायनिक विषादीको प्रयोग विना बाह्रै महिना तरकारी खेती गर्दा स्वस्थ तरकारी उत्पादन गरेको नेपाल बताउँछन् ।
लहरे मात्र नभइ लसुन, प्याज, वन्दा, काउली समेत खेती गरेको बताउने कृषक नेपाल यसरी घरको छतमा व्यवसायीक तरकारी खेती गर्ने पहिलो कृषक बताउँछन् ।
आफ्ना वावुको प्रेरणाबाट यसरी तरकारी खेती गरेका नेपाल राम्रो आम्दानी भएको बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्