१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


राखेपको प्रचार–प्रसार शाखा प्रमुखमा दुलाल


0
Shares

काठमाडौं, साउन १५ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को प्रचार–प्रसार शाखाको प्रमुखको जिम्मेवारी दुर्गाप्रसाद दुलाललाई दिइएको छ ।

यही साउन १४ गतेको सदस्यसचिवस्तरीय निर्णयअनुसार दुलाईलाई प्रमुखको जिम्मेवारी सुम्पिएको हो ।

राखेपअन्तर्गत् प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले दुलाललाई बुधबार नियुक्तिपत्र हस्तान्तरण गरे ।

यसअघिका प्रमुख सुधीरप्रसाद पोखरेलले ५८ वर्ष उमेरहदका कारण साउन ८ गते अनिवार्य अवकाश पाएपछि प्रचार–प्रसार शाखामा प्रमुखको पद रिक्त थियो ।

नवनियुक्त प्रमुख दुलालसँग प्रचार–प्रसारमै रहेर १६ वर्ष काम गरेको अनुभव छ ।

सूचना अधिकारीको जिम्मेवारीसमेत पाएका ५१ वर्षीय दुलाल २०५३ साल असोज ४ गते राखेपमा स्थायी सेवामा प्रवेश गरेका थिए ।